१३ बैशाख २०८१, बिहीबार 1714094002
Uncategorized

कांग्रेसका बाँकी ३७ जना केन्द्रीय सदस्यको परिणाम आज आउने

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानको अन्तिम परिणाम आज सार्वजनिक हुने भएको छ ।

अहिले तीन क्लस्टरका केन्द्रीय सदस्यको मतगणना चलिरहेको र अन्तिम परिणाम आजै बेलुकासम्ममा आउने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार अहिले खसआर्य, आदिवासी जनजाति र दलित क्लस्टरका केन्द्रीय सदस्यको मतगणना चलिरहेको र आजै रातिसम्ममा सबै परिणाम सार्वजनिक गरिसक्ने गरी गणना भइरहेको हो ।

दलित क्लस्टरतर्फ चार महिलासहित नौ जना, आदिवासी जनजातितर्फ सात महिलासहित १५ जना र खसआर्यतर्फ ६ महिलासहित १३ जना केन्द्रीय सदस्य बन्नेछन् । कांग्रेसमा १४ पदाधिकारीसहित १६७ सदस्यीय केन्द्रीय कार्यसमिति बन्नेछ ।