८ बैशाख २०८१, शनिबार 1713604709
पालिका

बागमती प्रदेशको बजेट न्योचित नभएकोमा प्रदेश सांसद शाक्यको आपत्ति

काठमाण्डौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको विनियोजित बजेटमाथिको छलफल सकिएको छ । यही असार १२ गतेदेखि सुरु भएको उक्त छलफल गए राति सकिएको हो । छलफलमा प्रदेश सांसद राजेश शाक्यले बागमती प्रदेशको बजेट न्योचित नभएकोमा आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो, यसबर्षको बजेट न्योचित पनि छैन र समानुपातिक पनि हुन सकेन । हरेक बर्ष हालका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बजेट ल्याउदा यस्तो भयो उस्तो भयो भनेर रोष्टममा उठेर असन्तुष्टि जनाउने गर्नुभएको तर आज उहाँले ल्याउनुभएको बजेट किन यस्तो भयो भन्दै शाक्यले प्रश्न गर्नुभएको थियो । मुख्यमन्त्री पाण्डेलाई बागमती प्रदेशमा निर्वाचित क्षेत्र कति छ भनेर पनि राम्रो जानकारी नभएको उहाँको आक्रोष थियो । यदि बागमती प्रदेशमा ६७ वटा निवाचन क्षेत्र छ भन्ने जानकारी भएको भए त्यसै अनुरुप बजेट बिनियोजन हुनुपर्ने उहाँको तर्क थियो । उपत्यकामा बजेट बिनियोजन एकदमै न्युन भएकोमा उहाँले असन्तुष्टि जनाउनुभयो