११ बैशाख २०८१, मंगलवार 1713890830
Banner

महानायक राजेश हमालले प्रचण्डलाई भेटे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न हमाल आज बिहान खुमलटारस्थित निवास पुगेका पुग्नुभएको थियो ।

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । पछिल्लो समयमा विदेशी चलचित्र, खासगरी भारतीय र दक्षिण भारतीय चलचित्रले नेपाली चलचित्र उद्योगलाई पुर्‍याइरहेको असरप्रति हमालले प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।