७ बैशाख २०८१, शुक्रबार 1713564068
Banner

चलचित्रकर्मीलाई परिचयपत्र वितरण

काठमाडौं । चलचित्र विकास बोर्डले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ । बोर्डको २२औं वार्षिकत्सवको अवसरमा बिहीवार सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्रकर्मीलाई परिचयपत्र वितरण गर्नुभएको हो ।

यसअघि ४० जना चलचित्रकर्मीलाई पहिलो चरणमा विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र वितरण गरिसकेको बोर्डले दोस्रो चरणमा ६२ जनालाई थपेको हो ।

पहिलो चरणमा विशिष्ठ चलचित्रकर्मी परियचपत्र प्राप्त गर्नेमध्ये चार जनाको मृत्यु भइसकेको छ । बोर्डका अनुसार मृत्यु हुनेमा गेहेन्द्र धिमा, चेतन कार्की, हरिप्रसाद रिमाल र सुभद्रा अधिकारी रहेका छन् ।