१२ बैशाख २०८१, बुधबार 1713977569
Banner

देउवाले एसपिपीलाई पत्र लेखेकै छैन झुठो बोल्ने ? भन्दै आक्रोषमा आए भीम रावल (भिडियो)

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सरकारले अमेरिकालाई एसपिपी कार्यक्रममा भाग नलिने भनेर लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद रावलले सरकारले एसपिपीका सम्बन्धमा अमेरिकी सरकारलाई पठाएको पत्र तत्काल सार्वजनिक गर्न माग गर्नुभएको हो । उहाँले भन्नुभयो,सरकारले पठाएको पत्र जनताले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्छ ।

सांसद रावलले सरकारले अमेरिकी राज्य साझेदारी कार्यक्रम स्टेट पार्टनरसीप प्रोग्राम लागू गर्न खोजेको तर देशव्यापी विरोधपछि रोकिएको दाबी गर्नुभयो ।

सांसद रावलले सरकारले अमेरिकालाई एसपिपी लागू नगर्ने भनेर पत्र नै नपठाएको आरोप लगाउनुभयो। उहाँले सरकारका मन्त्रीहरुले संसदमा जानकारी दिएपनि पत्र भने नपठाएको दाबी गर्नुभयो। सांसद रावलले एसपिपी सम्बन्धमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति र राज्यका नीति सिद्धान्तको अनुगमन सम्बन्ध समितिले समेत दस्तावेज माग गर्दा अहिलेसम्म दस्तावेजहरु सरकारले नबुझाएको बताउनुभयो ।