८ बैशाख २०८१, शनिबार 1713616703
विश्व

कोभिड महामारी समाप्त भएको छैन : डब्लूएचओ

न्युयोर्क । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले  ११० राष्ट्रमा सङ्क्रमण बढिरहेको चेतावनी पनि दिएको छ ।

“यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड–१९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक अनुक्रमहरू घट्दै गएका छन्, जसको अर्थ ओमिक्रोन लाई ट्र्याक गर्न र भविष्यमा देखा पर्ने भेरियन्टहरूको विश्लेषण गर्न गाह्रो भइरहेको छ”, डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भन्नुभयो । एजेन्सी