४ जेष्ठ २०८१, शुक्रबार 1715944127
Banner

महाकाली नदीमा जलस्तर बढ्नसक्ने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज महाकाली नदीमा जलस्तर बढ्नसक्ने जनाएको छ ।

आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म भारतस्थित तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लसिङको कार्य हुने भएको छ । 

उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने जानकारी भारतीय पक्षले गराएको छ । जसलेगर्दा महाकाली नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले महाकाली नदी आसपासका बासिन्दालई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैबीच, बाढी पूर्वानुमान महाशाखाले वर्षाका कारण र भारतीय पक्षबाट बाँधको ढोका खोलिँदा एक्कासी पानीको बहाव बढ्न सक्ने जनाएको छ ।

महाशाखाले पनि तटीय क्षेत्रमा बिहान ५ बजेदेखि सतर्कता अपनाउन आग्रह गरेको छ ।

May be an image of text