१३ बैशाख २०८१, बिहीबार 1714085688
Banner

फागुन १६ भित्र एमसीसी अनुमोदन नगरे सहकार्य तोड्ने अमेरिकी चेतावनी


काठमाडौं – अमेरिकी सहायता परियोजना एमसीसीले फागुन १६ (२८ फेब्रुअरी) भित्र नेपालको संसदले एमसीसी कम्याक्ट अनुमोदन नगरे ५५ अर्व नेपाली रुपैयाँ (५० करोड अमेरिकी डलर) को उक्त सहयोग फिर्ता लैजाने चेतावनी दिएको छ ।
श्रोतका अनुसार, एमसीसीका उपाध्यक्ष फतिमा सुमारले एमसीए बोर्डका अध्यक्ष र सदस्यहरुसँगको वैठकमा २८ फ्रेबुअरीको समयसीमा अन्तिम भएको बताएकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र गठवन्धनको अर्को नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त पत्र लेखी पाँचमिहनाभित्र पास गर्ने प्रतिवद्धता जनाएका थिए ।
प्रधानमन्त्री देउवा र प्रचण्डले जनाएको लिखिति प्रतिवद्धता अनुसार, २८ फेब्रुअरीमा पाँचमहिना पुग्ने भएकाले सुमारले यसलाई अन्तिम समयसीमा भनेकी हुन् । उनले नेपाल सरकार र एमसीसीबीच भएको सहमतिमा कुनै परिमार्जन नहुने र अव कुनै प्रष्टोक्ति अमेरिकाले नदिने समेत बताएको श्रोतले जनाएको छ ।
सत्तारुढ गठवन्धनका दलहरुबीच एमसीसीको सहयोग लिने वा नलिने भन्नेमा सहमति भएको छैन । माओवादी र एकीकृत समाजवादी परियोजनालाई परिमार्जन गरेरमात्रै संसदबाट पारित गर्ने पक्षमा छन् भने नेपाली कांग्रेस जस्ताको तस्तै पारित गर्नुपर्ने अडानमा छ । एमसीसीले कुनै परिमार्जन गर्न नमिल्ने भएकाले नेपालले अहिलेकै सम्झौतालाई पास गर्नुपर्ने बताउँदै आएको छ ।

,