७ बैशाख २०८१, शुक्रबार 1713585756
विश्व

कारागारमा आगो लगाएर  भाग्ने प्रयास गर्दा ५१ जना कैदी बन्दीको मृत्यु

काठमाडौं :  दक्षिणपश्चिम कोलम्बियाको एउटा कारागारमा आगो लगाएर  भाग्ने प्रयास गर्दा ५१ जना कैदी बन्दीको मृत्यु भएका छ। 

भाल्ले डल काउकाको टुलुवास्थित राष्ट्रिय कारगारमा  कैदीले नै जेलमा आगो लगाएको र भाग्ने प्रयासमा ४९ जनाको घटनास्थलमै र अन्य २ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। 

अलजजिरका अनुसार आगो लागेपछि भाग्ने क्रममा क्रममा उक्त दुर्घटना भएको हो। घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन्। 

राष्ट्रपति इभान ड्यूकले मृतकका आफन्तजनप्रति सहानुभूति प्रकट गरेका छन्।  ट्वीट ‘जेलमा भएका घटनाहरूप्रति खेद व्यक्त गर्दछौं’, उनले  ट्वीट गर्दै भने। 

ल्याटिन अमेरिकामा कारागारमा  बारम्बार झडप हुने गरेका छन्। कोलम्बियाको छिमेकी इक्वेडरमा सन् २०२१ को सुरुदेखि भएका झडपमा झन्डै ४०० कैदी मारिएका छन्। एजेन्सी