१३ बैशाख २०८१, बिहीबार 1714042769
Uncategorized

संसद् बैठकः एमालेको अवरोधका बीच चार अध्यादेश स्वीकृत

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच संसदबाट चार अध्यादेश स्वीकृत भएको छ । गृहमन्त्रीको तर्फबाट सूचना तथा सञ्चार, प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका अध्यादेशहरु स्वीकृत भएका हुन् । ‘नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन),२०७८’, ’तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन)अध्यादेश, २०७८’, ’समाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ र ’रेलवे अध्यादेश,२०७८’ स्वीकृत भएको हो।

बैठकमा चारवटै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए । तर, सो प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै एमाले सांसदहरुले विरोध गरेका थिए।