८ बैशाख २०८१, शनिबार 1713610223
Banner

लोकदोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु

काठमाडौं । दोहोरी गायिका दिलमाया सुनार नेपालटारस्थित डेरामा मृत भेटिएकी छन् । प्रहरी वृत्त बालाजुका अनुसार शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा फेला परेकी हुन् । सुर्खेत घर भएकी उनले शुक्रबार राति काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको भन्दै सामाजिक सञ्जालमामा स्टाटस पनि लेखेकी थिइन् ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ ।