८ बैशाख २०८१, शनिबार 1713626959
अर्थ

नेपाल डेरी एशोसिएशनको अध्यक्षमा दाहाल निर्वाचित

काठमाडौं । नेपाल डेरी एशोसिएशनको अध्यक्षमा प्रल्हाद दाहाल निर्विरोध चयन हुनुभएको छ ।

असार १० गते र ११ गते हेटौंडामा भएको एशोसिएशनको २२ औं वार्षिक साधारण सभा एवं ८ औं महाधिवेशनबाट उहाँ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । यसअघि दाहालले एशोसिएशनमा तीन कार्यकाल महासचिव, एक कार्यकाल केन्द्रीय सदस्य र एक कार्यकाल उपाध्यक्ष भएर संगठनको नेतृत्व गर्नुभएको छ ।

हिमालयन डेरी एण्ड रिसर्च सेन्टर काभ्रेका सञ्चालक र बागमती प्रदेश दुग्ध विकास बोर्डका सदस्यसमेत रहनुभएका दाहाल राष्ट्रिय दुग्ध विकास बोर्डको पनि सदस्य हुनुहुन्छ ।