८ बैशाख २०८१, शनिबार 1713627254
Banner

पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको निर्णय

काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने सहमति गरेको हो । 

नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ ।

पछिल्लो पटक इन्धनमा भारी मूल्यवृद्धि भएपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो । 

मूल्यवृद्धिको संसद्मा समेत चर्को रूपमा विराेध भएको थियो । त्यस्तै बैठकमा  बजार अनुगमनलाई पनि कडाइ गर्ने सहमति भएको छ ।