१२ बैशाख २०८१, बुधबार 1713990436
Banner

चन्द्रागिरि डाँडामा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लेख्नुभएको कविता अब गीतमा (भिडियोसहित)

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रचना गर्नुभएको कविता अब गीतमा देख्न पाईने भएको छ । म्युजिक नेपालले शुक्रबार सार्वजनिक गरेको भिडियोमा एमाले अध्यक्ष ओलीले २०७५ साल असार ३१ गते चन्द्रागिरि डाँडामा रचना गर्नुभएको ‘परिवतनशील दुनियाँमा सधै बाँचेको को छ र  ! भन्ने भावको कवितालाई गीतमा भिडियोसहित उतारिएको छ । भिडियोमा पुराना नायक सरोज खनालले अभियन गर्नुभएको छ । पुर्व प्रधानमन्त्री ओलीले मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०७५ असार ३१ मा चन्द्रागिरिमै आयोजना गरेको ‘हिमवत्खण्ड कला साहित्य महोत्सवका अवसरमा उक्त कविता रचना गर्नुभएको थियो ।

उहाँले लेख्नुभएको कविता यस्तो थियो
“परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र  !
बाँचुन्जेल हो जिन्दगी मर्नु त छँदै छ ।

मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली

हाम्रा लहलह खेत, बारी, झपक्क कान्ला र आलि
सपनामा भए पनि देख्न पाउँ

चन्द्रगिरिको डाँडामा आएर सपनामा
भावी सन्तती मुस्कुराएको देख्न पाउँ

तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।”