८ बैशाख २०८१, शनिबार 1713639404
कला/साहित्य

डान्सिङ स्टार्सको उपाधि शेर्पा र प्रजालाई

काठमाडौं । हिमालयन टेलिभिजनले आयोजना गरेको टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेका छन् । शुक्रबार राति सम्पन्न फाइनलमा उपाधि जितेसँगै जोडीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै दुई लाख रुपैयाँ जितेको छ भने परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप हुनुभयो ।

गत जेठदेखि सुरु भएको प्रतिस्पर्धामा १२ जना सेलिब्रिटी र कोरियोग्राफर जोडीले भाग लिएका थिए । गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई निर्णायक रहनुभएको थियो ।