८ बैशाख २०८१, शनिबार 1713624269
Banner

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब, ४१ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब, ४१ करोड, ९६ लाख, ९६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । शुक्रवार महानगरपालिले आर्थिक वर्ष २०७९/०८० को लागि कुल २५ अर्ब, ४१ करोड, ९६ लाख, ९६ हजार अनुमानित बजेट तथा कार्यक्रम तयार पारेको हो ।

आगामी आर्थिक वर्षको बजेट विनियोजनबारे जानकारी गराउँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बजेट अन्तर्गत महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब, ३६ करोड, ९५ लाख, ४९ हजार र सामाजिक सुरक्षा भत्ता लगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी, स्थानीय सञ्चित कोष बाहेकको बजेटमा समावेश हुने कुल ३ अर्ब, ५ करोड, १ लाख, ४७ हजार गरी कुल आगामी आर्थिक वर्षका लागि २५ अर्ब, ४१ करोड, ९६ लाख, ९६ हजार रुपैयाँको बजेट ल्याएको जानकारी दिइन् । उनले स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमका लागि ५० करोड, २१ लाख, २४ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ४ अर्ब, ६८ करोड, ९८ लाख ६० हजार र पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब, ८ करोड, ८९ लाख, ३ हजार बजेट विनियोजन गरिएको बताइन् । उपप्रमुख डंगोलले सामाजिक विकास क्षेत्रको लागि १ अर्ब, ६२ करोड, २८ लाख, २२ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ४ अर्ब, ४६ करोड, ५८ लाख, ४० हजार बजेट विनियोजन गरेको बताइन् । उनले नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब, ३१ करोड, ३७ लाख, ६ हजारको श्रोत सुनिश्चित भएको पनि बताइन् । उपप्रमुख डंगोलले काठमाडौं महानगपालिकाको आर्थिक वर्ष २०७९÷०८० को लागि २२ अर्ब, ३६ करोड,९५ लाख, ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको बताइन् ।

उनले भनिन्, ‘आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल २५ अर्ब, ४१ करोड, ९६ लाख, ९६ हजार अनुमानित बजेट तथा कार्यक्रम तयार गरिएको छ । यसअन्तर्गत महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब, ३६ करोड, ९५ लाख, ४९ हजार र सामाजिक सुरक्षा भत्ता लगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी, स्थानीय सञ्चित कोष बाहेकको बजेटमा समावेश हुने कुल ३ अर्ब, ५ करोड, १ लाख, ४७ हजार रहेको छ । स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमका लागि ५० करोड, २१ लाख, २४ हजार विनियोजन गरिएको छ । जुन कुल बजेटको २.२४ प्रतिशत हुन आउँछ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ४ अर्ब, ६८ करोड, ९८ लाख ६० हजार विनियोजन गरिएको छ । यो कुल बजेटको २०.९६ प्रतिशत हो । पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब, ८ करोड, ८९ लाख, ३ हजार बजेट विनियोजन गरिएको छ । जुन कुल बजेटको ४९.५७ प्रतिशत हो । सामाजिक विकास क्षेत्रको लागि १ अर्ब, ६२ करोड, २८ लाख, २२ हजार बजेट विनियोजन गरिएको छ । कुल बजेटको ७.२५ प्रतिशत हुन आउँछ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ४ अर्ब, ४६ करोड, ५८ लाख, ४० हजार बजेट विनियोजन गरिएको छ । जुन कुल बजेटको १९.९६ प्रतिशत हुन आउँछ । नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब, ३१ करोड, ३७ लाख, ६ हजारको श्रोत सुनिश्चित भएको छ । काठमाडौं महानगपालिकाको आर्थिक वर्ष २०७९/०८० को लागि २२ अर्ब, ३६ करोड,९५ लाख, ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ ।’

चालु आर्थिक वर्ष २०७८/०७९ मा महानगरले कुल १६ अर्ब २६ करोड २६ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । जसमा जेठ मसान्तसम्म चालुतर्फ ३ अर्ब ५१ करोड ७८ लाख १८ हजार रुपैयाँ खर्च भएको छ भने पुँजीगत एवं पूर्वाधारतर्फ २ अर्ब २६ करोड ८१ लाख ४६ हजार रुपैयाँ र वित्तियतर्फ १८ करोड रुपैयाँ गरी कुल ५ अर्ब ९६ करोड ५९ लाख ६४ हजार खर्च भएको छ । जुन अनुमानित खर्चको ३६.६९ प्रतिशत हो ।