३ जेष्ठ २०८१, बिहीबार 1715913506
Banner

विप्लवमा ४ जना केन्द्रिय नेताले दिए सामूहिक राजीनामा

काठमार्डां । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटव्युरो सदस्य सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिएका छन् ।

जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवम् विशेष कमिटी सदस्य रमेश परियारले सामूहिक राजीनामा दिएका हुन् ।

‘नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्दै व्यक्तिगत र सामूहिक पहलमा अघि बढ्नुपर्ने अवस्था रहेको आवश्यकतालाई महसुस गरी त्यसैको प्रयासस्वरूप हामीले आजैको मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं ‘, उनीहरूले भनेका छन् ।