६ जेष्ठ २०८१, आईतवार 1716135186
विश्व

भारतमा १२ हजार कोरोनाका संक्रमित फेला

नयाँ दिल्ली: भारतमा पछिल्लो २४ घण्टामा कम्तीमा १२ हजार २४९ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको संख्या बढेर ८१ हजार ६८७ पुगेको छ ।भारतमा बुधबार कोरोनाको संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ । यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ९०३ पुगेको छ । कुल संक्रमितको शून्य दशमलव १९ प्रतिशत सक्रिय संक्रमित छन् ।

राष्ट्रिय कोभिड संक्रमणमुक्त दर ९८ दशमलव ६० प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।