२४ बैशाख २०८१, सोमबार 1714983808
Banner

चलिरहेको ट्रकमा आगलागी

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगर बजारस्थित ४ नम्बर गल्लिको फ्रीलाइनमा आगजनी भएको छ । पार्कदेखी आँखा अस्पताल जाने सडक कालोपत्रे गर्न तयारी अवस्थामा रहेको कोलदार डिस्ट्रीब्युटर ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ ।

चलिरहेको ट्रकमा आगो लागेपछी चालकले भागेर ज्यान जोगाएका छन् । हिजो बेलुका ८ बजेतिर लागेको आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो । आगलागीबाट ट्रक पुर्ण रुपमा जलेर नस्ट भएको छ भने क्षतिको विवरण प्राप्त भएको छैन ।

आगो बिजुलीको तारमा सल्किएपछि अहिले महेन्द्रनगर बजार क्षेत्र बिद्धुत लाइन काटिएको थियो । भिमदत्त नगरपालिकामा रहेको दमकलको सहायताले आगो नियन्त्रण गरिएको हो ।