२२ बैशाख २०८१, शनिबार 1714801898
समाचार

डडेलधुरामा ट्र्याक्टर सडकबाट खस्दा चालक बेपत्ता

डडेलधुरा – डडेलधुराको अमरगढी नगरपालिका–२ स्थित कारीगाउँमा ट्र्याक्टर सडकबाट करिब २०० मिटर तल खस्दा चालक बेपत्ता भएका छन् ।

डडेलधुराकै बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१० ०२ त ५४४८ नम्बरको ट्र्याक्टर आइतबार राति करिब साढे ११ बजे सडकबाट खसेको थियो ।दुर्घटनास्थल वरिपरि खोजी गर्दा ट्र्याक्टरको अगाडीको भाग पूर्णरुपमा क्षति भएको अवस्थामा फेला परेको र चालक फेला नपरेको प्रहरी चौकी बागबजार डडेलधुराले जनाएको छ ।