१२ बैशाख २०८१, बुधबार 1714022140
अर्थ

घट्यो सुन र चाँदीको मूल्य

काठमाडौं – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।

छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुन तोलाको ९१ हजार ३०० सय रुपैयाँ कायम गरिएको छ।