४ बैशाख २०८१, मंगलवार 1713320092
Uncategorized

एमसीसी पास गरौँ, यही बहानामा गठबन्धन नटुटोस् : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालले स्वीकार्नु पर्ने बताएका छन्।

आइतबार राति सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यहि बहानामा प्रतिगमन विरोधी गठबन्धन टुट्न नहुनेमासमेत जोड दिएका छन्।

‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं’ ‘सबै एकमुख भएर जनतालाई बुझाऊँ,’ भट्टराईले लेखेका छन्,’ ‘यो प्रकरण नेपालका रुढिवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस्। देश थप कंगाल बनेर जनसंख्या अरु नघटोस्, शक्ति केन्द्रहरुको चलखेलबाट देश बर्बाद नहोस्।’

सत्ता गठबन्धनका पाँच दलमध्य नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा यहि अवस्थामा एमसीसी संसदबाट पास गर्न नहुने बताइरहेका छन्।