११ बैशाख २०८१, मंगलवार 1713893923
प्रदेश

कर्मचारीमा कोरोना संक्रमण पछि मालपोत कार्यालय बन्द

पाँचथर।मालपोत कार्यालय पाँचथरका पाँच जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएपछि मालपोत कार्यालय एक हप्ताको लागि बन्द भएको छ ।

कार्यालयका दुई नायव सुब्बासहित अन्य तीन कर्मचारीलाई शुक्रवार गरिएको एन्टिजेटन्ट परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपछि सो कार्यालयको सम्पुर्ण काम आगामी शुत्रबारसम्मको लागि बन्द भएको मालपोत कार्यालय पाँचथरका प्रमुख बाबुराम पोख्रेलले बताउनुभयो ।

आइतबार हिजोदेखि नै सो कार्यालयको सेवा बन्द गरिएको सूचना टाँस गरिएको छ । सो मालपोट कार्यालयमा पाँचथर जिल्लाका सबै ६० वटा वडाका नागरिकले सेवा लिँदै आएका छन् ।