१३ बैशाख २०८१, बिहीबार 1714101770
Banner

नेपाली काँग्रेस र माओवादी केन्द्रले सच्चा गठबन्धन गरे, हाम्रो सिंङ्गो पार्टीप्रति अपमान भयो : झलनाथ खनाल (भिडियो अन्तरवार्ता)


काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनमा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच सच्चा गठबन्धन भएको तर आफनो पार्टीको सन्तोषजनक परिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

गठबन्धनबाट स्थानीय चुनाबमा नेपाली काँग्रेस र माओवादी केन्द्रलाई लाभ मिलेको उहाँको तर्क थियो । सूचनाप्रेसको विशेष संवादमा नेता खनालले भन्नुभयो,–‘गठबन्धनमा जे निर्णय भयो त्यसलाई प्रमुख दलहरूले पालना गरेनन्। पालना गर्ने इमानदार पार्टी हाम्रो मात्रै भयो । हामीले धेरैजसो ठाउँमा उम्मेदवार उठाउन पनि पाएनौं । धेरै ठाउँमा हामी ईमान्दार मतदाता मात्रै भयौं ।’

मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णयमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा हावी भएको मा उहाँले आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, गठबन्धनको सरकारले हाम्रो निर्णयको महशुस गर्नुसक्नुपर्छ, हामीले गरेका निर्णय अबिलम्ब लागु हुनुपर्दछ यदि कार्यान्वयन भएन भने गठबन्धनको संस्कार विपरित हुन्छ ।’ प्रधानमन्त्री देउवाले आफनो पार्टीले गरेको निर्णयको ठाडो उल्लंघन गरेको उहाँको आरोप थियो ।