७ जेष्ठ २०८१, सोमबार 1716243826
Banner

दार्चुलामा आगो लगाएर महिलाको हत्या, दुईजना पक्राउ

दार्चुला : दार्चुलामा आगो लगाएर एकजना  महिलाको हत्या गरिएको छ ।

 शैल्यशिखर नगरपालिका १ बारिलका ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो ।

घरनजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रतीक विष्टले जानकारी दिए।

घट्ना के कारणले भएको हो भन्नेबारे खुलेको छैन। अनुसन्धानका लागि डीएसपी विष्ट आफै घटनास्थल प्रस्थान गरेका छन् । 

एकल महिला खडायतलाई मंगलबार राति हत्या गरिएको अवस्थामा फेला परेको वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए । 

मृतक खडायतका श्रीमानको  ८ वर्ष पहिले मृत्यु भएको थियो। मृतकका दुई छोरी र एक छोरा छन् । 

घटनामा संग्लन रहेको आंशकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।