७ बैशाख २०८१, शुक्रबार 1713508246
शिक्षा /स्वास्थ्य

तेस्रो भेरियन्ट आएपछि पहिलोपटक संक्रमित भन्दा निको हुने बढी, ४९०४ संक्रमित थपिए

काठमाडौं– तेस्रो भेरियन्ट आएपछि २४ घण्टामा पहिलोपटक संक्रमित भन्दा निको हुने बढी भएका छन् ।

गत २४ घण्टामा देशभर १४ हजार ५ सय ६२ जनामा गरिएको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५९२४ जना डिस्चार्ज एका छन् ।

२४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमितको संख्या पनि घट्दै गएर ८७३२९ रहेको छ ।