१३ बैशाख २०८१, बिहीबार 1714108834
अर्थ

शेयर बजारमा उछाल : नेप्से परिसूचक करिव १०६ अंकले बढ्यो

काठमाडौँ- साताको पहिलो दिन नेप्से परिसूचक १०५.५५ अंकले बढेर २८८५.५३ विन्दुमा पुगेको छ। आज नेप्से परिसूचक ३.८० प्रतिशत बढेर बन्द भएको हो ।

त्यसैगरी, ‘क’ बर्गका कम्पनीको कारोवार मापन गर्ने  सेन्सेटिभ इण्डेक्स १९.८१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ७.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.५७ अंकले बढेको छ।

नेप्सेसँगै आज कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ।  गत बिहीबार ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आज २३१ कम्पनीको ८१ हजार ७०६ पटकको कारोबारमा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएका छन। नेप्सेसँगै कारोबार रकम पनि बढेकोले दोस्रो बजारका लगानीकर्ताहरु उत्साहित देखिएका छन्।

नेप्से बढेसँगै आज ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज विन नेपाल लघुवित्त, लिबर्टी इनर्जी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यसैगरी, अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतले बढेको छ भने हिमालयन उर्जा, प्रोग्रेशिभ फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर र कर्णाली डेभलमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ।