१३ बैशाख २०८१, बिहीबार 1714074545
कला/साहित्य

गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार

वरिष्ठ भारतीय गायिका लतामंगेशकर स्वास्थ्यमा सुधार आएको छ ।

उनको अहिले भेन्टीलेटर हटाइएको छ । तर उनी अझै आईसीयूमा रहेकी छन् । समाचारका अनुसार उनको कोरोना रिपोटसमेत नेगेटिभ आएको छ ।

९२ वर्षीय लता मंगेशकर लक्षणसहित कोरोना सङ्क्रमित बनेकी थिइन् । त्यसपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ती गरिएको थियो । त्यहाँ उनलाई इन्टेन्सिभ केयर यूनिट (आईसीयू) मा राखेर उपचार सुरु गरिएको थियो ।

अस्पतालका एसोसिएट प्रोफेसर डा. प्रतीत समदानीले न्युज एजेन्सीलाई भनेका छन्, ‘लता मंगेशकर दुई दिनदेखि भेन्टीलेटर बाहिर छिन् । तर अहिले पनि निगरानीमा छिन् । स्वास्थ्मा सुधार भएको कारण उनको भेन्टीलेटर हटाइएको हो । उनको एप्ँर अहिले पनि आइसीयुमा भइरहेको छ ।

भारत रत्न र दादा साहेब फाल्के जस्ता सम्मान हासिल गरेकी मंगेशकर भारतीय सिनेमाको सर्वश्रेष्ठ गायिका मानिन्छन् । उनले आफ्नो करियरको सुरुवात १३ वर्षको उमेरमा १९४२ मा गरेकी थिइन् । उनले भारतका विभिन्न भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् । एजेन्सी