११ बैशाख २०८१, मंगलवार 1713880202
समाज

सेती अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत दुई सङ्क्रमितको आज मृत्यु भएको छ । कैलालीको गौरीगङ्गा नगरपालिकाका ६५ वर्षीय वृद्धा र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३१ वर्षीय एक पुरुषको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । दुवै जनालाई शनिबार अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो ।

सेती प्रादेशिक अस्पतालको आइसीयुमा पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितलाई भर्ना गरिएको छ । अहिले अस्पतालमा १८ जना सङ्क्रमित उपचाररत रहेका छन् । जसमध्ये ६ जनालाई आइसीयु र एक जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा अस्पतालबाट चार जना बिरामी निको भएर घर फर्केको अस्पतालले जनाएको छ ।