१३ बैशाख २०८१, बिहीबार 1714108993
Banner

बिमान दुर्घटनामा बाँच्न सफल समिरा भन्छिन, साथीको परिवारलाई क्षतिपुर्ति दिलाउन ४ बर्षदेखि मुद्धा लडिरहेका छौं (भिडियो अन्तरवार्ता)

काठमाडौं । २०७४ साल फागुन २८ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बङ्ला एयरलायन्सको बिमान दुर्घटना भयो । दुर्घटनामा बंगलादेशको राजिव रोेविया कलेजबाट चिकित्सक पढेर फर्किर्दै गरेका १४ जना विद्यार्थी मध्ये १३ जनाको निधन भयो । घटनामा समिरा व्यन्जनकार गम्भिर घाइते भएर बाँच्न सफल भईन् । फरक फरक अस्पतालको बसाई अनि ६ महिना लामो उपचारबाट उनी बल्ल तल्ल तंग्रिईन । समिरा स्वस्थ्य भएसँगै दुखद दुर्घटनामा परेका साथीका परिवारले उनीसँग ठुलो अपेक्षा राखेका छन् । लाखौ लगानी गरेर डाक्टर बनेका साथीले बिमान दुर्घटनामा ज्यान गुमाउनु परयो । कति साथीहरु परिवारको एक्लो सहारा थिए । घरको एकमात्र सन्तानलाई गुमाउनुपर्दाको पीडा सहिनसक्नुभएको समिरा सुनाउँछिन् । उनी भन्छिन, ‘जहाजमा म सँगै फर्किएकी साथी प्रिन्सी धामी परिवारको एक्ली सदस्य थिईन, अहिलेसम्म उनको परिवार बिछिप्त छ ।’ एकातिर सन्तान गुमाउनु परेको छ, अर्को पिडा भनेको राज्यले दिलाउनुपर्ने क्षतिपुर्ति अहिलेसम्म पाएका छैनौं ।’ यतिवेला ती साथीहरुका परिवारलाई क्षतिपुर्ति दिलाउन समिरा अदालत धाइरहेकी छिन् । भाग्यले बाँच्न सफल समिरा भावुक हुँर्दै भन्छिन्, ‘दुख त यतिवेला कुन कुरामा छ भने आफ्नो मान्छे पनि बितेको छ, अनि आफनो मान्छे बितेको छ भनेर हरेक महिना याद गरिरहनुपर्ने बाध्यता छ ।’ बिमान दुर्घटनामा परेको परिवारले मुद्धा नलडिकन राहत पाएको भए यतिवेला हामी सुझाब दिन सक्ने ठाउँमा हुनेथियौं तर हामी नै अड्किएर बसेका छौ , अब नयाँ आउनेहरुलाई पनि हामी जस्तै समस्या होला भन्ने लाग्छ, समिराले भनिन् । यस्ता समस्याहरु आइरहनसक्छन् यसका लागि सजिलो बाटो बनोस भन्ने हामी पीडितको चाहना छ ।
(भिडियो अन्तरवार्ता)