११ बैशाख २०८१, मंगलवार 1713913819
समाज

बाँकेमा बालबालिकालाई माघ १९ र २० गते मोडर्ना खोप लगाइने

नेपालगञ्ज  । बाँकेमा १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरूलाई माघ १९ र २० गते कोरोना विरुद्धको खोप लगाइँदै छ । 

१२ देखि १७ बर्ष उमेर समूहका मोडर्ना खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताउनुभयो । 

जिल्लाका ८ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरूले तोकेका खोप केन्द्रहरूमा गएर खोप लगाउन सकिनेछ । आआफ्ना बालबालिकालाई तोकिएको विद्यालय तथा खोप केन्द्रमा लिई खोप लगाउन सकिने श्रेष्ठले जानकारी दिनुभयो ।

बाहिरी जिल्लामा अध्ययन गर्ने तर विद्यालय बन्द रहेका कारण बाँके जिल्लामै रहेका र विद्यालय नजाने बालबालिकाहरूलाई समेत उमेर खुल्ने जन्म दर्ता वा अन्य कागजातका आधारमा पनि खोप लगाइने भएकाले पायक पर्ने नजिकको विद्यालय वा खोप केन्द्रमा सम्पर्क गर्न स्वास्थ्य कार्यालय बाँकेले अनुरोध गरेको छ ।