१२ बैशाख २०८१, बुधबार 1713988043
समाज

अन्तरजातीय विवाह गरेपछि बेपत्ता विक सकुशल भेटिए

हुम्ला – अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका चन्द्रे विक सकुशल भेटिएका छन् । खार्पुनाथ गाउँमा भेटिएका चन्द्रलाई सदरमुकाम ल्याउने तयारी भइरहेको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर गाउँका चन्द्रले ५ मंसिरमा मुगुको सोरु गाउँपालिका–४ की सुन्तली मल्लसँग विवाह गरेका थिए । माइती पक्षले २९ मंसिर राती चन्द्रेको घरै पुगेर दुबै जनालाई कुटपिट गर्दै लिएर गएका थिए । छोरा बेपत्ता भएपछि उनका आमाबुवाले प्रहरीमा उजुरी दिएका थिए ।

युवती माइती घरमै भेटिए पनि युवक एक सातादेखि बेपत्ता थिए । जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको ३५ टोलीले चन्द्रेलाई गएराती खार्पुनाथ गाउँपालिकामा फेला पारेको हो ।

युवतीका परिवारले मारिदिने र बाल विवाहको मुद्दा लगाएर जेल हाल्ने धम्की दिएका कारण आफू लुकेर बसेको चन्द्रेले बताएका छन् ।