१३ बैशाख २०८१, बिहीबार 1714110054
Uncategorized

आजदेखि प्रदेश २ मा कांग्रेसको अधिवेशन सुरु हुँदै

काठमाडौँ, ६ पुस। नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन आजदेखि सुरु हुँदैछ । कांग्रेसको अन्य प्रदशेमा यसअघि नै प्रदेशमा अधिवेशन भइसकेको छ । प्रदेश २ मा भने विवादका कारण रोकिएको थियो ।

प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि कांग्रेसले गर्न लागेको हो । प्रदेश अधिवेशनले प्रदेश सभापति, उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्य चयन गर्नेछ । प्रदेश २ सभापतिका लागि मुख्यगरी दुई जना मैदानमा देखिएका छन् ।

प्रदेशका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका संसदीय दलका नेता रामसरोज यादव र रौतहट कांग्रेसका पूर्वसभापति कृष्णा यादव प्रदेश सभापति पदका आकांक्षी रहेका छन् ।

महाधिवेशनको कार्यतालिकाअनुसार आज उम्मेदवारको मनोनयन तथा बुधबार मतदान हुनेछ । कांग्रेसको प्रदेश २ मा जिल्ला अधिवेशनसमेत हुन सकेको छैन । क्रियाशील सदस्यता विवाद र समयमै अधिवेशनहरू नहुँदा प्रदेश २ को अधिवेशन रोकिएको थियो