२०७९ असार ११ शनिबार 1656211140
खेलकुद

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोलीलाई शनिबार विदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमको आयोजना गरेर शृंखला भ्रमण गर्न लागको टोलीलाई शनिबार विदाई गरेको हो ।

टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगाएतको टोलीले विदाई गरेको हो । भ्रमण गर्न लागेको टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सफलताको शुभकामना दिए ।