१४ बैशाख २०८१, शुक्रबार 1714111621
Banner

नीति तथा कार्यक्रम बहुमतले पारित, भोलि बजेट आउने

काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतले पारित भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुखले निर्णयार्थ पेश गरेकोमा बहुमतले नीति तथा कार्यक्रम पारित भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसमाथि संसद्ममा तीन दिन छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णयार्थ पेस गर्नुभएको थियो ।

सरकारको नीति तथा कार्यक्रम पारित भएसँगै बजेट ल्याउने बाटो खुलेको छ । अर्थमन्त्री जनार्दन शर्माले भोलि अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा सरकारको आउँदो वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।